RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/११ गते
७७७ पटक

काठमाडौं । एक दर्जन कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । आवेदन दिएका १२ ओटा कम्पनीलाई बोर्डले विभिन्न चरणमा अध्ययन गरिरहेको छ ।

दोस्रो बजारमा जोखिम लिन नचाहने लगानीकर्ता जोखिम कम हुने भएकोले कम्पनीले जारी गर्ने साधारण सेयर (आइपिओ) लगानी गर्ने गर्दछन् । त्यसैले कुनै पनि आइपिओ खुल्ने वित्तिकै मागभन्दा अत्याधिक बढी आवेदन पर्नेगर्छ । आइपिओमा प्रतिकित्ता एक सय रुपैयाँमा खरिद गरिएको सेयर दोस्रो बजारमा कारोबार हुँदा बढ्दै जान्छ ।

बोर्डमा आवेदन दिएका मध्ये ३ ओटा कम्पनीलाई बोर्डले प्रारम्भिक समीक्षामा राखेको छ, भने ३ ओटा कम्पनीलाई समीक्षा गरेर टिप्पणी पठाइएको छ । अन्य ६ ओटा कम्पनी ओटा कम्पनी पनि समीक्षा अवधिमै रहेका छन् ।

यसैबीच यो वर्ष ११ ओटा कम्पनीको आइपिओ निष्कासन भइसकेको छ भने अन्य १२ ओटा कम्पनीको सेयर पाइप लाइनमा रहेका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार आइपिओ निष्कासन गर्न एक वर्षको अडिट रिपोर्ट आवश्यक हुने भएकोले मापदण्ड पूरा भएको कम्पनीको आइपिओ निष्कासन हुँदै जाने बोर्डले जनाएको छ ।

बजारमा सकारात्मक संकेत देखिएकोले यो समयमा जति पनि आइपिओ खरिद हुने भए पनि बजारको माग र मेरो सेयरको क्षमता हेरेर आइपिओ निष्कासन गर्नुपर्ने ठूला लगानीकर्ताको भनाइ छ । एकपटक धेरै आइपिओ निष्कासन गर्न बजारको अवस्था तल जानुको साथै धेरैले मेरो सेयर प्रयोग गर्दा ओभारलोड भएर कारोबार गर्न अप्ठ्यारो हुने गरेको लगानी कर्ताको बुझाइ छ ।

आवेदन दिनेमा अधिकांश जलविद्युत् कम्पनी रहेका छन् । जसमा साहस ऊर्जा लिमिटेडको १ करोड ५ लाख कित्ता, साम्लिङ पावर कम्पनीको १२ लाख ३० हजार कित्ता, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको १२ लाख कित्ता, हिमालयन हाइड्रोपावर लिमिटेडको २२ लाख ५० हजार कित्ता, बिन्ध्यवासिनी हाइड्रोपावर कम्पनीको २५ लाख कित्ता र डिस मिडिया नेटर्वकको २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निष्कासनका लागि अनुमति माग गरेको छ ।

त्यस्तै सिबिआइएल क्यापिटलको ३ कित्ता, मैलुङखोला जलविद्युत् कम्पनीको ७ लाख ३६ हजार २८६ कित्ता, मध्येभोटेकोसी जलविद्युत् कम्पनीको १ करोड ५० लाख कित्ता, न्यादी हाइड्रोपावर कम्पनीको ४० लाख ५० हजार कित्ता, ज्योति लाइफ इन्स्योरेन्सको ६६ लाख कित्ता र सिइबिडी हाइड्रोपावर कम्पनीको २५ लाख १८ हजार २३० कित्ता सेयर निष्कासनको पर्खाइमा रहेका छन् ।

राजधानी दैनिकबाट…………..

प्रतिकृया दिनुहोस्