RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/१२ गते
७५२ पटक

काठमाडौँ । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेकपा प्रचण्ड-नेपालसमूहले संसदीय दलको बैठक बोलाएको छ । सर्वोच्चको फैसलापछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न बैठक बोलाइएको हो ।

सो समूहका नेता योगेश भट्टराईका अनुसार बैठक अपराह्न ४ बजे बानेश्वरस्थित संसद् भवनमा बस्नेछ । बैठकले संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने उनले बताए ।

प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष तथा संसदीय दलको नेताबाट हटाउँदै यो समूहले यसअघि नै प्रचण्डलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्