RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/१२ गते
७२६ पटक

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन आग्रह गरेका छन्।

गोतमले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस विज्ञप्ति मार्फत संवैधानिक इजलासको निर्णयलाई स्वागत गर्दै प्रतिनिधिसभा अधिवेशन आह्वान गर्नुपर्ने बताएका छन्

नेकपा एकता अभियानका संयोजक समेत रहका गौतमले नेकपाको सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा तत्काल डाक्न अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई आग्रह गरेका छन्।

उनले भनेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष क. केपी शर्मा ओली र क. प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध गर्छु।’

गौतमले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भए यता २०७७ साल फागुन ११गतेको दिन ऐतिहासिक महत्वको रहेको पनि उल्लेख गरेका छन्।

‘यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौं सपुतहरुको बलिदान तथा लाखौं देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर भएको छ।

 

प्रतिकृया दिनुहोस्