RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/१३ गते
५५० पटक

काठमाडौँ – नेकपा कम्युनिष्ट पार्टी (नेकपा, ओली समूह) को स्थायी कमिटि बैठक बिहीबार पनि बस्दैछ ।बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

नेकपा ओली समूहको बुधबार बसेको स्थायी कमिटि बैठकमा सर्वोच्चले संसद विघटन असंवैधानिक ठहर गर्दै बदर गरेपछिको अवस्थाबारे छलफल भएको थियो ।

राजीनामाका लागि आफ्नै खेमाका नेताबाट दबाब आए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सो विषयमा नसोचेको र बैठकमा पनि छलफल नभएको प्रवक्ता ज्ञवालीले बताएका थिए । प्रधानमन्त्री ओली अहिलेसम्म संसद सामना गर्ने मनसायमा रहेको उनी निकटले बताएका छन् ।

बिहीबारको बैठकमा पनि संसद पुर्स्थपाना भएपछिको रणनीतिबारे छलफल केन्द्रित हुने जनाइएको छ ।यसैबिच प्रधानमन्त्री ओलीले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने तयारी पनि गरेका छन् ।

प्रतिकृया दिनुहोस्