RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/१५ गते
८१९ पटक

स्मार्टफोन ब्राण्ड सामसङले एम सिरिज अन्तर्गत ग्यालेक्सी एम.२ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । सामसङको यो स्मार्टफोन बजेट सेग्मेन्टका लागि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

अनलाइन कन्टेन्ट ब्राउज गर्न, गेमहरु खेल्न तथा अन्य कार्यहरु गर्न यो फोन विशेष रहने कम्पनीले जनाएको छ । यो मेगा इन्टरटेन्मेन्ट स्मार्टफोन ६.५ इन्चको डिस्प्ले, मेगा ब्याट्री तथा माइक्रो सेन्सर युक्त १३ मेगापिक्सलको डुअल क्यामेराको साथ उपलब्ध रहेको छ ।

यो फोनको मूल्य १३ हजार भन्दा कम मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ । सामसङ नेपालका मोबाइल बिजिनेस प्रमुख प्रणयरत्न स्थापितले नयाँ ग्यालेक्सी एम २ ले अनलाई क्लास लिन, घरबाट काम गर्न तथा अन्य मनोरञ्जनका कार्यका लागि थप सहजता प्रदान गर्ने बताए ।

प्रतिकृया दिनुहोस्