RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/१६ गते
७०५ पटक

सिन्धुली: नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगनकुमार थापाले नेकपाको विवाद नटुंगिएसम्म कांग्रेसले तत्काल कुनै पनि समूहलाई संसदमा समर्थन नगर्ने बताएका छन् ।

शनिवार सिन्धुलीमा नेपाली कांग्रेस तीन पाटन गाउँपालिका समितिले आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्ने क्रममा थापाले नेकपाको ओली र प्रचण्ड–नेपाल समूहभित्रको आधिकारिकता स्पष्ट नभएसम्म कुनै पनि पक्षसँग संवाद नगर्ने बताएका हुन् ।

‘झण्डै दुई तिहाई बहुमत प्राप्त नेकपा लोभ र लालसका कारण फुटको संघारमा पुगे पनि तत्काल पुटि सकेको छैन । एकै ठाउँ जुटी पनि सकेको छैन । यस्तो अवस्थामा नेपाली कांग्रेस तत्काल सरकारमा जाने अवस्था पनि आउँदैन । कुनै एक समूहलाई समर्थन पनि गर्दैन,’ उनले भने ।

आगामी २३ गते सांसद आह्वान भएको सन्दर्भमा सांसदमा नेकपाको आधिकारिकताबारे टुङ्गो भएपछि मात्र कांग्रेसले कुन समूहलाई समर्थन गर्ने भन्ने टुङ्गो लगाउने थापाले बताए ।

‘जनताले कांग्रेसलाई पाँच वर्षसम्म सरकार चलाउने म्यानडेट दिएको छैनन् । नेकपाले पाँच वर्षसम्म सरकार चलाउने क्षमता पनि राखेन । अब कांग्रेस दुईतिहाई बहुमतसहित आगामी निर्वाचनबाट सरकारको नेतृत्व गर्ने म्याण्डेट लिएर मात्र सरकारमा जान्छ,’ उनले थपे ।

तर, कांग्रेस चुनावमा जाँदा पाँच वर्षभित्र गर्ने कामका एजेण्डा सहित जनताका बीचमा भोट माग्न जाने उद्घोष गरे । उनले तत्कालको अवस्थामा नेकपाको जुन समूहले सूर्य चिन्ह पाए पनि त्यो भारी हुने बताए । उनले ब्यंग्य भने, ‘ओली समूहले पाए त्यहाँ बादल छन् । अव सूर्य चिन्हमा सधैँ ग्रहण लाग्छ । माधव नेपालले पाए त्यहाँ पनि प्रचण्ड छन् । प्रचण्डको तापले त्यहाँ पनि फेरि भारी प्रचण्ड नै हुन्छ । जुन समूहले सूर्य चिन्ह पाए पनि अव जनताले सूर्य चिन्हमा मतदान गर्दैनन् । यी दुबै समूह एउटा घिउ बेचुवा अर्को तरबार बेचुवा हुन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै थापाले इतिहासको सबभन्दा असफल र कलंकित प्रधानमन्त्री ओली नै भएको आरोप लगाए । उनले तीन वर्षका सुनौलो दिनमा काम गर्नै नचाहेका प्रधानमन्त्रीले काम गर्न नदिएको भन्दै जनतामा झुटो प्रचार गरेको दवी गरे ।

प्रधानमन्त्रीले देश र कार्यकर्तामाथि गद्धारी गरेको उनको टिप्पणी छ । थापाले नेपाली कांग्रेको महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुने जिकिर गर्दै महाधिवेशमा जुट्न नेता कार्यकर्तालाई आह्वान गरे ।………….

अन्नपुर्ण पोष्ट दैनिकबाट…….

प्रतिकृया दिनुहोस्