RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/२१ गते
१००० पटक

काठमाडौँ: नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सरकारको वार्ता सफल भएसँगै विप्लवले काठमाडौँको राष्ट्रिय सभागृहबाट सम्बोधन गर्दैछन् ।

शुक्रबार दिउँसो २ बजे विप्लवले प्रधानमन्त्रीसँगै एकै मञ्चमा उभिएर सम्बोधन गर्न लागेका हुन् । ओली सरकारले भने विप्लव माओवादीलाई प्रतिबन्ध लगाएको २ वर्षमै शान्ति प्रक्रियामा ल्याएको हो । विप्लव शुक्रबार बिहान नै राजधानी आइपुगेका हुन् ।

यससँगै विभिन्न कारागारमा थुनिएर रहेका विप्लव माओवादीका कार्यकर्ताहरुलाई सरकारले रिह गर्ने तयारी गरेको छ । विप्लवसँग भएका वार्ताकाका बुँदा भने सार्वजनिक गरिएको छैन ।

चरणवद्ध रुपमा छलफल तथा वार्तापछि बिहीबार बालुवाटारमा सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति भएको हो। त्यसको कार्यान्वयन प्रक्रिया पनि बिहीबारै सुरु भएको बताइएको छ।

विप्लवको पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने, सरकारका तर्फबाट प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषय समेटेर तीनबुँदे सहमति भएको जनाइएको छ। सरकारी वार्ता टोली संयोजक गृहमन्त्री थापा र विप्लव पक्षका वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

१० वर्षे सशस्त्र द्वन्द्वपछि पुष्पकमल दाहालसँगको विद्रोह हुँदै मोहन वैद्य र गृहमन्त्री थापासहितसँग पनि विद्रोह गरी विप्लवले ०७१ मा अलग पार्टी घोषणा गरेका थिए। ०७३ फागुनमा पार्टीको महाधिवेशनपछि भूमिगत रहेका विप्लव चार वर्षपछि राष्ट्रिय सभागृहको औपचारिक कार्यक्रमबाट शुक्रबार सार्वजनिक भएका हुन् ।

प्रतिकृया दिनुहोस्