RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/२१ गते
१०२९ पटक

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नगरेको स्पष्ट पार्नुभएको छ । विप्लव समुहसँग तीन बुँदे सहमतिपत्र हस्ताक्षर कार्यक्रममा उहाले अनुचित ढंगले कसैलाई प्रस्ताव नराख्ने स्पष्ट पार्नुभएको हो ।

आफुविरुद्ध भ्रम छरिएको बताउदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एउटा अलिकति भ्रम छर्न खोजिएको छ, हामीले प्रधानमन्त्रीको यसलाई प्रस्ताव राख्र्यौ, उसलाई प्रस्ताव राख्र्यौ भनेर, हामी कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव अनुचित ढंगले राख्नेवाला छैनौं । हामीले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव राखेका पनि छैनौं र राख्दा पनि राख्दैनौं ।’

उहाले प्रचण्ड–नेपाल पक्षले आफ्नो दुई तिहाईको पार्टी छाडेर अर्कोलाई नेतृत्व गर्दिनुहोस् भन्दै हिड्न थालेकोमा आश्चर्य समेत व्यक्त गर्नुभयो ।

‘यति नंग्नताको पनि यो हद, आफ्नो दुईतिहाई फोडेर, भाडेर, भत्काएर छोड्ने, आफ्नो प्रधानमन्त्री हटाएर छोड्ने, किस्तीमा प्रधानमन्त्री राखेर खाइदिनुहोस् न हजुर खाइदिनुहोस् भनेर अन्त जाने’, प्रचण्ड–नेपालले देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेको विषय उल्लेख गर्दै

उहाले भन्नुभयो, ‘आफ्नो दुईतिहाईको झार्ने अनि हामी छौं नि तपाईका पछाडी लाग्ने भन्ने, नाविक हुन छाड्ने, हेल्प्सम्यान हुन छोड्ने पछाडी लाग्ने । नेतृत्व गर्न छाड्ने नेतृत्व गरिदिनुहोस् भन्न जाने । कुन हाइड्रोलोजी भित्र पढ्छ थाहा छैन, मैले पढेको माक्र्सवादमा यो पर्दैन ।’

प्रतिकृया दिनुहोस्