RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/२७ गते
९५२ पटक

काठमाडौं । आन्तरिक राजस्व कार्यालय जनकपुरधाम धनुषामा कार्यरत कर अधिकृतसहित दुई जना डेढ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

कर अधिकृत रमेश ढकाल र आरएन म्यानेजमेन्ट अकाउन्ट कन्सल्टेन्सीका सञ्चालक नवीनकुमार कर्णलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको जनाएको छ ।

अन्तःशुल्क समायोजन गरिदिने भन्दै सेवाग्राहीसँग ढकालले घुस मागेका अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन् ।

अधिकृत ढकाललाई नेपाल स्काउटको कार्यालय अगाडिबाट र कर्णलाई धनुषास्थित अन्नपूर्ण होटेल एन्ड गेस्ट हाउसबाट पक्राउ गरिएको उनले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्