RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/११/२९ गते
७९० पटक

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी-६ सुनाचुरीमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना.४ ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना.६ ख ८९ नम्बरको ट्रक बिहान ३ बजेतिर एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा बस चालक वीरगञ्ज–१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ४० वर्षीय अभयलाल कुशवाह र भारत बिहारका ४० वर्षीय सुनिल कुमार छन् ।

दुर्घटनामा बस र ट्रकका गरी १० जना घाइते भएको र उनीहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्