RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/१ गते
५७७ पटक

काठमाडौं : सत्तारूढ दल एमालेमा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले समानान्तर अभ्यास थालेको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले विभाग र प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेपछि आक्रोशित नेपाल–खनाल समूहले चैत ४ र ५ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ।

भेलाको  तयारीका लागि भन्दै सातै प्रदेशमा छुट्टै इन्चार्ज र केही विभागीय जिम्मेवारी तोकिएको छ। प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा घनश्याम भुसाल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावललाई जिम्मेवारी दिइएको छ।

यस्तै युवामा रघुजी पन्त, विद्यार्थीमा गोकर्ण विष्ट, बुद्धिजीवीमा प्रमेश हमाल, प्रचारमा योगेश भट्टराईलाई जिम्मेवारी तोकिएको छ। बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बोलाए नजाने निर्णय यो पक्षले गरेको छ।

नेता रावलले भेलामा केन्द्रीय कमिटी, केन्द्रीय आयोग, परिषद्, सल्लाहकार समिति, जनवर्गीय संगठनका केन्द्रीय पदाधिकारी, संघीय सांसदहरू, प्रदेश कमिटीका सदस्यहरू, प्रदेश सांसदहरू, जिल्ला कमिटीका पदाधिकारी र स्थानीय तहका प्रमुख र उपप्रमुखलाई निम्त्याइएको बताए।

‘पार्टीका अध्यक्ष रहनुभएका केपी शर्मा ओलीले बालुवाटारमा आफ्नो गुटको भेला गरी जुन प्रकारको निर्णय गर्नुभएको छ, त्यसलाई हामीले अस्वीकार गरेका छौं। नेकपा (एमाले)को विधानविपरीत, नियमावलीविपरीत, यसको प्रणालीविपरीत र यसको कार्यशैलीविपरीत जसरी काम गर्नुभयो त्यो अत्यन्त आपत्तिजनक छ’, नेता रावलले भने, ‘अवैध र उहाँले जुन प्रकारले घोषणा गर्नुभयो त्यो हास्यास्पद छ।

अन्नपुर्ण पोष्ट दैनिकबाट……

प्रतिकृया दिनुहोस्