RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/१ गते
६७३ पटक

काठमाडौँ- नेकपा (एमाले) माधव नेपाल पक्षले काठमाडौँमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कार्यदिशा तय गर्न राष्ट्रिय कार्यकर्ता भेला राखेकै दिन चैत्र ४ गते ओली निकट कर्णाली प्रदेश एमाले संसदीय दलका नेता यामलाल कँडेलले संसदीय दलको बैठक डाकेका छन्।

माओवादीका तर्फबाट मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाही भने यतिबेला काठमाडौँमा छन्। कर्णालीमा शाहीलाई सत्ताच्यूत गरी कँडेललाई मुख्यमन्त्री बनाउने कसरत तीव्र पारिएको छ।

केन्द्रमा माओवादीले सरकारको समर्थन फिर्ता लिनासाथ सबैभन्दा पहिले शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सत्ताबाट बाहिरिनु पर्नेछ।

यता नेपाल पक्षले भने ओलीविरुद्ध ठोष कार्यदिशा तय गर्न आगामी ४ र ५ गते काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय शनिबार गरेको हो।

प्रतिकृया दिनुहोस्