RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/१ गते
४९६ पटक

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय महिला विभागको बागमती प्रदेशस्तरीय दुई दिने भेला पाँच बुँदो घोषणा पत्र सार्वजनिक गर्दै सकिएको छ । फागुन २९ र चैत १ गते चलेको भेलाले पाँच बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

कांग्रेस केन्द्रीय महिला विभागकी सचिव लक्ष्मी खतिवडाले विज्ञप्ति सार्वजनिक गर्दै पाँच बुँदे घोषणापत्र सार्वजनिक गरेको जानकारी दिएकी हुन् ।

सचिव खतिवडाका अनुसार पार्टी नेतृत्वमा सभापति वा उपसभापतिमध्ये एक पदमा अनिवार्य महिलाको प्रतिनिधित्व हुनुपर्ने, सबै तहका समितिमा एक तिहाई महिला सहभागी हुनुपर्ने, महिला हिंसा र बलात्कार जस्ता जघन्य अपराधमा संलग्नलाई कारवाही गर्नुपर्ने,

बालबालिकालाई माध्यमिक तहसम्मको निःशुल्क शिक्षाको सुनिश्चितता र प्रसूति स्वास्थ्य सेवालाई सर्वसुलभ तथा निशुल्क भनिए पनि त्यो कार्यान्वयन नभएको भन्दै कार्यान्वयन गर्न माग गरिएको छ ।

प्रतिकृया दिनुहोस्