RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/३ गते
३९७ पटक

एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले आगामी ४ र ५ चैतको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष केपी ओलीसहितका नेताहरूसँगको वार्तापछि सोमबार नेपाल–खनाल पक्षको बानेश्वरस्थित एक होटेलमा भएको केन्द्रीय सदस्य र सांसदहरूको भेलाले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको हो ।

केन्द्रीय सदस्य र सांसदहरूको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्ताबारे जानकारी गराएको नेता रघुजी पन्तले जानकारी दिए । वार्तामा २८ फागुनको निर्णय खारेज गर्न आफूहरूले गरेको आग्रह ओलीले अस्वीकार गरेको नेपालले बताएका थिए ।

ओलीसँगको वार्तामा नेपाल पक्षले २८ फागुनको निर्णय खारेज गर्न माग गरेको थियो । तर, ओलीले ठोस जवाफ दिएका थिएनन् ।

ओलीले राष्ट्रिय कार्यकर्ता भेला रोक्न आग्रह गरेका थिए । नेपाल पक्षले २८ फागुनको निर्णय खारेज नभए भेला नरोक्ने बताएको थियो ।

प्रतिकृया दिनुहोस्