
काठमाडौँ – देशका पहाडी क्षेत्रको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली भइ अरु क्षेत्रमा सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावका कारण विशेष गरि पहाडी क्षेत्रको मौसम प्रभावित हुने देखिएको हो ।
अहिले पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका क्षेत्रमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा आंशिक बदली रहनेछ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।