RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/५ गते
४३६ पटक

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले नयाँ सरकार बनाउनेबारे आआफ्नो अडान दो¥याएका छन् । यहाँ आज आयोजित साक्षात्कारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले परिस्थिति सही र सुनिश्चित भयो भने आफ्नो पार्टीले सरकारको नेतृत्व लिने स्पष्ट पार्नुभयो । अहिले कांग्रेसले सरकार बनाउन पहल गर्नुपर्ने र सरकारमा कांग्रेस जानै हुँदैन भन्ने दुईथरी धारणा रहेको उहाँको भनाइ छ ।

नेकपा (एमाले) का नेता खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई समर्थन गर्न आग्रह गर्नुभयो । उहाँले सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलगअलग भएपछि आफूहरु एमालेलाई सुदृढ बनाउने काममा लागेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दीनानाथ शर्माले नयाँ प्रधानमन्त्रीको उम्मेद्वार अघि नसरेसम्म आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पार्नुभयो । उहाँले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मात्रै समस्याको समाधान फिर्ता नहुने जिकिर गर्नुभ्यो ।

नागरिक समाजका अगुवा डा सुन्दरमणि दिक्षितले अहिलेको परिस्थितिमा प्रधानमन्त्रीका लागि सबैभन्दा उत्तम पात्र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर हुने बताउनुभयो । दलका नेताको झै–झगडामा कारण देश समस्यामा परेको उहाँको भनाइ छ ।

नेपाल समाचारपत्र दैनिकबाट……

प्रतिकृया दिनुहोस्