RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/७ गते
४४३ पटक

ठुलो संख्यामा उद्योगी तथा व्यवसायीहरु एकैपटक नेकपा एमाले प्रवेश गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानसहितका उद्योगी व्यापारी नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

बालुवाटारमा आयोजित कार्यक्रममा उहाहरु सबैलाई प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीले खादा ओढाएर पार्टी प्रवेश गराउनु भयो । नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स मारवाडी संघमा आवद्ध रहेका उद्योगी ब्यवसायी एमाले प्रवेश गर्नुभयो ।

प्रधानसँगै सिताराम अग्रवाल, हितेश गोल्छा, पुनम ब्यास, कृष्ण प्रसाइँ, मदन मित्तल, अजय सरावगी लगायतका उद्योगी व्यवसायी पनि पार्टी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । गत निर्वाचनमा महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालसँग प्रधान पराजित हुनु भएको थियो । उहा नेपाली कांग्रेसको समर्थनमा उम्मेदवार बन्नु भएको थियो ।

त्यस्तै गोल्छा अर्गनाइजेशनका सन्चालक तथा दिवाकर गोल्छाका छोरा हितेश गोल्छा पनि एमाले प्रवेश गर्नुभयो । स्वर्गीय दिवाकर नेपाली कांग्रेसबाट संविधानसभा सदस्य हुनुहुन्थ्यो । विशाल बजार सन्चालक समितिका अध्यक्ष नरेन्द्र गुप्ता,ओमप्रकाश बंशल, जुगल किशोर धनावत लगायत विशेषगरि मारवाडी समुदायका व्यवसायी एमाले प्रवेश गरेका छन् ।

प्रतिकृया दिनुहोस्