RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/१४ गते
५२२ पटक

नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको विशेषज्ञ चिकित्सक (एमडी) को परीक्षामा न्यून संख्यामा मात्र डाक्टरहरू पास भएका छन् । काउन्सिलका अनुसार शुक्रबार लिइएको विशेषज्ञ चिकित्सकको परीक्षामा ५० प्रतिशतभन्दा बढी डाक्टर फेल भएका हुन्। परीक्षामा जम्मा ३३० जना सहभागी थिए। जसमध्ये १५५ जना विद्यार्थी पास भएका छन् ।

सहभागिताको हिसाबले यो ४७ प्रतिशत नतिजा हो। सहभागिताका हिसाबले यो परीक्षाफल एकदमै न्यून रहेको काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीले बताउनुभयो । विशेषज्ञ चिकित्सक परीक्षामा आज पास भएका विद्यार्थीले परीक्षाफल प्रकाशित भएको ३५ दिनमा दर्ता प्रमाण पत्रका लागि काउन्सिलमा निवेदन दिन सक्नेछन्।

आवेदन दिएको १५ दिनभित्रमा प्रमाण पत्र दिइने रजिष्ट्रार अधिकारीले बताउनुभयो । विशेषज्ञ दर्ता प्रमाण पत्रका लागि परीक्षामा सामेल हुँदा लिइएको बायोमेट्रिक हाजिर, फोटो जाँच, दरखास्त परीक्षण र सक्कल प्रमाण पत्र रुजु गरिने छ। प्रमाण पत्र लिनका लागि तोकिएका सबै प्रमाण पत्रसहित विद्यार्थी स्वयं उपस्थित हुनुपर्ने र प्रमाण पत्र लिन आउने चिकित्सकलाई निःशुल्क परिचय पत्र दिइने अधिकारीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्