RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/१७ गते
१२३७ पटक

काठमाडौं,  पारदर्शिता कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट हुने आन्तरिक उडान ४० प्रतिशतले रद्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबहादुर तिवारीका अनुसार जहाज सुरक्षित अवतरण हुन यान्त्रिक भिजिवलिटी १६ सय मिटर आवश्यक भए पनि शुक्रबारदेखि तुवाँलोले ढाकेपछि उडान रद्द भएको बताउनुभयो ।

आइतबार एक सय नौ वटा उडानमध्ये ४१ वटा उडान रद्द भएको तिवारीले बताउनुभयो । शनिबार एक सय १५ उडानमध्ये ५० वटा उडान रद्द भएको थियो । तुवाँलोकै कारण अन्तराष्ट्रियभन्दा पनि आन्तरिक उडान प्रभावित बनेको तिवारीले बताउनुभयो । जहाज सुरक्षित उडान र अवतरणका लागि पाँच किलोमिटर र यान्त्रिक उडानका लागि १६ सय मिटर पारदर्शिता आवश्यक हुन्छ । तर दुई किलोमिटर र यान्त्रिक उडानका लागि पाँच सय मिटरसम्म पारदर्शिता कम भएको विमानस्थलले जनाएको छ ।

आइतबार भने राती ११ बजेसम्म वायूसेवा कम्पनीहरूले उडान भरेका थिए । विमानस्थलबाट दैनिक ११५ उडान र ११५ अवतरण हुँदै आएको छ । भने अन्तर्राष्ट्रिय उडान दैनिक १५ देखि २० वटासम्म उडान र अवतरण हुने गरेको विमानस्थलले जनाएको छ । लामो समय सुख्खा भएको र पानी  नपरी हावा नचलेपछि उपत्यकालगायतका मुख्य सहरहरु धुम्म हुँदै आएको छ ।

प्रतिकृया दिनुहोस्