RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/२० गते
९२१ पटक

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमिस्टेक) मन्त्रीस्तरीय बैठकमा म्यान्मा विषयले प्रवेश नै पाएन ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमिस्टेक) सदस्य मुलुकको १७औं परराष्ट्रमन्त्री स्तरीय बैठकमा म्यान्मामा भएको नरसंहार विषयमा कुनै पनि मुलुकका परराष्ट्रमन्त्रीले कुरै नउठाएका हुन् ।

बिमिस्टेक अध्यक्ष श्रीलंकाले भर्चुअल माध्यममार्फत गरेको बैठकमा विशेषतः पा“चौं शिखर सम्मेलन तयारीबारे छलफल भएको छ । सम्मेलन यसै वर्ष नोभेम्बरमा गर्ने तयारी छ ।

श्रीलंकाको आयोजनामा भएको भर्चुअल बैठकमा विशेषगरी आपराधिक मामिलामा पारस्परिक कानुनी सहयोगसम्बन्धी बिमिस्टेक सम्मेलन, कोलम्बो, श्रीलंकामा बिमिस्टेक टेक्नोलोजी ट्रान्सफर सुविधा (टीटीएफ) स्थापना र बिमिस्टेक सदस्य राष्ट्रका कूटनीतिक प्रतिष्ठान÷प्रशिक्षण संस्थाबीच पारस्परिक सहयोग आदानप्रदान विषयमा छलफल भएको छ ।

सम्मेलनमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरिबी र भोकमरीविरुद्ध लड्ने, रोजगारी सुनिश्चितता र जनजीविका दिगो स्रोत विषयमा धारणा राखेका छन् । गतिशील अवस्थामा मात्रै बिमिस्टेकले विकास र समृद्धिलाई जोड दिन सक्ने उनले बताए । एलएलडीसी विशेष आवश्यकता ध्यानमा राखी जोड, ऊर्जा, व्यापार, लगानी, पर्यटन, र कृषि क्षेत्रतर्फ आकर्षित हुनुपर्नेमा समेत ज्ञवालीले जोड दिएका छन् ।

क्षेत्रीय निकाय अगाडि बढाउन सदस्य राष्ट्रको राजनीतिक इच्छाशक्ति र प्रतिबद्धता आवश्यक रहेको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने कोर्सको चार्टिङ गर्नुपर्नेमा जोड दिए । विदेश प्रतिनिधिमण्डल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल र विदेश मन्त्रालयका वरिष्ठ अधिकारी थिए ।

भर्चुअल माध्यमबाट बिहीबार भएको बैठकमा म्यान्माको भने उपस्थित भएन । सात मुलुक समेटेर बनाइएको विमिस्टेकका एक सदस्य राष्ट्र म्यान्मा भने बैठकमा उपस्थित रहेन । सैनिक ‘कु’पछि म्यान्मामा प्रदर्शन जारी छ । प्रदर्शन दबाउनकै लागि सेनाको गोली लागेर पा“च सयभन्दा बढीको ज्यान गइसकेको छ ।

दक्षिण एसियाली सहयोग संगठन (सार्क) र दक्षिणपूर्वी एसियाली राष्ट्रको संगठन आसियानका केही सदस्य मिलेर बिमिस्टेक बनेको हो । यसमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, म्यान्मा, थाइल्यान्ड र भुटान छन् । हरेक दुई वर्षमा हुनुपर्ने बिमिस्टेक शिखर सम्मेलन सन् २०१८ मा नेपालमा चौथोपटक भएपछि रोकिएको छ ।

दक्षिण एसियाली सहयोग संगठन (सार्क) र पूर्वएसियाली राष्ट्रको संघठन (आसियान)का केही सदस्य राष्ट्र मिलेर बनेको बिमिस्टेकलाई पछिल्लो समय सार्कको विकल्पका रूपमा हेरिए पनि यो खासै प्रभावकारी संगठन बन्न सकेको छैन ।

नेपाल, भारत, बंगलादेश, श्रीलंका, म्यान्मा, थाइल्यान्ड र भुटान सदस्य रहेको संगठन सचिवालय ढाकामा छ

प्रतिकृया दिनुहोस्