RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/३० गते
४५८ पटक

काठमाडौँ ।  यसअघि जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि पटकपटक थप्दै आएको काँग्रेसमा सो समयावधि पुनः थप्नुपर्ने बाध्यता देखिएको हो ।

आइतबार साँझसम्म नयाँ र नवीकरण गरी करिब साढे ५ लाख क्रियाशील सदस्यता मात्र पार्टीको वेभसाइटमा अपलोड भएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । यसमा विदेशस्थित पार्टीका जनसम्पर्क समितिका क्रियाशील सदस्यता विवरण भने समावेश छैन ।

त्यस्तै पाँच जिल्लाको क्रियाशील सदस्यता सम्पूर्ण विवरण नै अपलोड हुन बाँकी छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आइतबार बसेको अनौपचारिक बैठकमा पनि क्रियाशील सदस्यता विवरण बुझाउने म्याद कम्तीमा १० दिन थप्नुपर्ने सम्बन्धमा छलफल भएको बताइएको छ ।

बैठकमा माओवादी केन्द्र र जसपाबीच शुक्रबार भएको बैठक र त्यसपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकमा उनले सरकार गठनमा सहयोग गर्न आग्रह गरेका थिए । नयाँ सत्ता समीकरणका सम्भावित परिदृष्यका बारेमा बैठकमा छलफल गरिने जनाइएको छ ।

प्रतिकृया दिनुहोस्