RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/३० गते
७१६ पटक

काठमाडौं, नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीले वैशाख ६ र ७ गते बस्ने गरी महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनु भएको हो ।

बैठकले समसायिक विषयमा पार्टीको धारणा तय गर्नुका साथै पार्टीको आन्तरिक कार्यबिभाजनसमेत गर्ने कार्यसूची रहेको छ । यसअघि एमालेको केन्द्रीय कमिटीको दशौं, एघारौं र बाह्रौं बैठकले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरी पार्टीमा अध्यक्ष र महासचिवमात्र पदाधिकारी रहने ब्यवस्था गरेको थियो भने प्रदेश र इञ्चार्ज र अध्यक्ष–सचिव हेरफेर गरेको थियो ।

बैशाख ६ र ७ गते बस्ने बैठकले बिशेष निर्णय लिने एमाले नेताहरुले बताएका छन । एमाले नेता तथा प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमले जनताटाइम्सलाई दिनुभएको जानकारीअनुसार बैठकले महाधिवेशन तयारीका साथै प्रदेश तथा जिल्ला र स्थानीय तहका कमिटीहरुलाई अधिवेशन आयोजक कमिटी बनाएर मंसिरअघि नै अधिवेशनहरू सम्पन्न गर्नका लागि कार्ययोजना बनाउने छ ।

प्रतिकृया दिनुहोस्