RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/३१ गते
५३७ पटक

आगामी वर्ष २.७ प्रतिशतले अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । निरन्तर खुकुलो गर्दै लगिएको सामाजिक दुरीको मापदण्ड र प्राथमिकता प्राप्त जनसंख्यामा खोप लगाउने कार्य शुरु भएसँगै अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण बैंकले गरेको हो ।

चालिस वर्षपछि पहिलो पटक आर्थिक वर्ष सन् २०७७ मा अर्थतन्त्र संकुचित अर्थात् ऋणात्मक बनेको थियो । सोमबार विश्व बैंकले सार्वजनिक गरेको नेपालको हरित, उत्थानशिल र समावेशी पुनर्लाभका लागि प्रतिस्पर्धात्मक निर्यातलगायत महत्वपूर्ण विषयमा केन्द्रित नेपाल विकास अपडेटमा मनसुनमा आएको अनुकूलता र कोभिडपछिको पुनरुत्थान कार्यक्रमले अर्थतन्त्र वृद्धि हुने उल्लेख छ ।

प्रतिवेदनमा पछिल्लो समय मनसुनमा देखिएको अनुकूलताका कारण कृषि उत्पादन पनि राम्रो हुने अपेक्षा गरिएको उल्लेख र कोभिड–१९ पश्चातको पुनर्लाभलाई तिव्रता दिन र नेपाललाई हरित, उत्थानशिल र समावेशी विकासतर्फ अगाडि बढाउन निर्यात दरिलो क्षेत्र हुन सक्ने उल्लेख छ ।

कोभिड–१९ पछिको पर्यटन बजारसँग समाञ्जस्य हुनेगरी सुधार नगरेसम्म पर्यटन क्षेत्रको पुनरुत्थान पूर्ण रुपमा नहुने तथा आयात र विप्रेषणमा सामान्य सुधार भई निर्यात यथास्थितिमा रहन सक्ने विश्लेषणका आधारमा आर्थिक वर्ष २०७८-२०७९ मा चालु खाता घाटा घट्न गई कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को १.२ प्रतिशत पुग्ने अनुमान प्रतिवेदनमा गरिएको छ ।

राजस्व संकलन लक्ष्य अनुसार हुन सक्ने सम्भावना न्यून भएको र आर्थिक राहतका उपायहरु, खोप कार्यक्रम र आयोजनाहरु पुनः सन्चालनमा ल्याउन लाग्ने अतिरिक्त खर्चहरुले आर्थिक वर्ष २०७८-२०७९ को वित्तिय घाटा बढाएर सो आर्थिक वर्षको जीडीपीको ७ प्रतिशत नजिक पु-याउने देखिएको प्रतिवेदनले औल्याएको छ ।

प्रतिकृया दिनुहोस्