RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/२ गते
१५१४ पटक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘नेपाल ल्याण्ड इन्फरमेशन सिस्टम’ र ‘मेरो कित्ता’ प्रणालीको शुभारम्भ गर्ने भएका छन् ।

उनले बिहान ११ बजे नापी विभागमा एक कार्यक्रमको आयोजना गर्दै नापी कार्यालयबाट सञ्चालन भइरहेका सेवाहरु अनलाईन मार्फत प्रवाह गर्न तयार भएको ‘नेपाल ल्याण्ड इन्फरमेशन सिस्टम’ र ‘मेरो कित्ता’ प्रणालीको शुभारम्भ गर्ने भएका हुन् ।

बुधबार देसबासीका नाममा सम्बोधन गर्दे प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो कित्ता’ मार्फत् आफ्नो जग्गा धनी पुर्जा, आफ्नो कित्ता, आफू बसेकै ठाउँबाट एप्समार्फत् हेर्न सक्ने बताएका थिए ।

उनले नयाँ वर्षमा सरकारले नयाँ–नयाँ कामको सुरुवात गर्ने जानकारी दिँदै आधुनिकीकरणतर्फको, डिजिटल प्रयोगतर्फको, सबभन्दा पछिल्लो प्रविधि प्रयोग गर्ने काममा सरकार लागेको बताए।

प्रतिकृया दिनुहोस्