RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/३ गते
४९५ पटक

काठमाडौँ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज (शुक्रबार) प्रदेशसभामा विश्वासको मत लिने भएका छन्।आज बस्ने प्रदेशसभा बैठकमा उनले नेपालको संविधानको धारा १९९ को २ बमोजिम विश्वासको मत लिने भएका हुन्।

नेकपा माओवादीले विश्वासको मतमा बहुमत जुटाउन प्रयास गरिरहेको छ। शाही नेतृत्वको सरकारले कर्णालीमा विकास निर्माणको काममा गति दिएको भन्दै माओवादीले विश्वासको मत दिन आह्वान गरेको हो।

तर नेकपा एमाले भने विश्वासको मत असफल पार्ने रणनीतिमा छ। दुवै पार्टीले नेपाली कांग्रेसलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेका छन्।

विश्वासको मत लिनका लागि मुख्यमन्त्री शाहीले नेपाली कांग्रेस, राप्रपा र एमालेभित्रकै कम्तीमा एक सांसद आफूतिर तान्नुपर्ने देखिन्छ। दिउँसाे २ बजे प्रदेशसभा बैठक सुरु हुने छ।

प्रतिकृया दिनुहोस्