RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/६ गते
४७६ पटक

मुगु जिल्लाका स्थानीय तहले नौ महिना बितिसक्दा पनि सामाजिक सुरक्षा भत्ता वितरण गरेका छैनन् ।एक नगरपालिका र तीन गाउँपालिका रहेको छायानाथ रारा नगरपालिका, खत्याड गाउँपालिका र सोरु गाउँपालिकाले आर्थिक वर्ष २०७७-०७८ को सामाजिक सुरक्षा भत्ता नौ महिना बितिसक्दा पनि वितरण गरेको छैनन् ।

मुगमकामारोङ्ग गाउँपालिकाले भने पहिलो चौमासिक भत्ता वितरण गरेको छ । तर बाँकी समयको सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा सेवाग्राही मारमा परेका छन् । स्थानीय तहहरुले बजेट निकासा नहुँदा सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ भएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्