RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/७ गते
५१६ पटक

नेपाल आयल निगमले हवाई इन्धनमा मूल्य वृद्धि गरेसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा बढाएको छ । निगमले आन्तरिक हवाई इन्धनका लागि प्रतिलिटर २ रुपैयाँ बढाएसँगै संघले विभिन्न गन्तव्यको हवाई भाडा बढाएको हो ।

गन्तव्यअनुसार न्यूनतम १० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म भाडा बढाइएको छ । संघका अनुसार न्यूनत्तम हवाई वृद्धि भएको गन्तव्यमा सुर्खेत–ताल्चा, सुर्खेत–चौरझरी र रामेछाप–लुक्ला उडानका लागि १० रुपैयाँ तथा अधिकतम ८५ रुपैयाँ भाडा वृद्धि भएको गन्तव्यमा काठमाडौं–नेपालगञ्ज छ ।

प्रतिकृया दिनुहोस्