RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/७ गते
४६० पटक

काठमाडौँ – देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अपरान्हपछि देशको पश्चिमी भू– भागमा स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभाव रहने देखिएको महाशाखाले बताएको छ ।

अहिले उच्च पहाडी भू–भागमा आंशिक बदली छ भने बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।

मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ ।

देशको सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हतिर मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यसैबिच पहाडी भू–भागका थोरै स्थानमा साँझपख मेघ गर्जन र चट्टयाङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्