RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/७ गते
५३२ पटक

काठमाडौँ — पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपा एमालेले माधव नेपालसहित उनको समूहका २७ जना संघीय सांसदलाई स्पष्टिकरण सोध्ने भएको छ ।

एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईका अनुसार उनीहरूलाई मंगलबारै स्पष्टीकरण पत्र पठाइने तयारी भएको जानकारी दिए । भट्टराईका अनुसार २७ सांसदलाई दुई दिनभित्र स्पष्टिकरण बुझाउन समय दिइने छ ।

सोमबार बालुवाटारमा बसेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्न लगाउने नेता नेपालसहित चार र फ्लोर क्रस गर्ने चार सांसदलाई अन्तिम चेतावनी नियुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

नेता नेपाल सहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे यसअघि नै पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन भएका थिए ।

प्रतिकृया दिनुहोस्