RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/७ गते
५३० पटक

एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधवकुमार नेपाल समूहका सांसदहरूको बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित एक होटेलमा बसेको छ । अध्यक्ष केपी ओलीले कारबाहीको संकेत गरेपछि खनाल–नेपाल समूहका सांसदहरू छलफलमा जुटेका हुन् ।

पार्टी अनुशासन उल्लंघन गरेको भन्दै ओलीले खनाल–नेपालसहित २७ संघीय सांसदलाई स्पष्टीकरण सोधेका थिए । पार्टीविरोधी गतिविधि गरेको ओलीको दाबी छ । ओलीले २७ संघीय सांसदलाई सांसदबाट किन नहटाउने भनी स्पष्टीकरण सोधेका छन् ।

प्रतिकृया दिनुहोस्