RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/१९ गते
७७९ पटक

काठमाडौँ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । संसदीय दलको आइतबार बिहान बसेको बैठकमा उनले राजीनामा दिएका हुन् ।

दुई दलको सरकार भएकाले अब ठूलो दलको हैसियतमा पुन: मुख्यमन्त्री नियुक्त हुने र एक महिनाभित्र विश्वासको मत लिने उनले बताएका छन् ।

जसपाका चार सांसद कारबाहीमा परेपछि प्रदेशसभामा सत्तारूढ एमालेको एकल बहुमत छ । नेकपा एमालेका मुख्य सचेतक भूमीश्वर ढकालले मुख्यमन्त्रीले राजीनामा दिएको बताए ।

लुम्बिनी प्रदेशमा एमालेका ४१, नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८ (सभामुखसहित), जसपाका २ र राजमोका १ सांसद छन् ।

ई कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस्