RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/१९ गते
७२३ पटक

काठमाडौँ – देशका अधिकांश स्थानमा शनिबार रातिदेखि नै पानी परेको छ । मौसमविद समिर श्रेष्ठका अनुसार राति पश्चिम हुँदै मध्यसम्म आइपुगेको पानी पार्ने मौसमी प्रणाली अहिले पूर्व तर्फ लाग्दै छ ।

विशेष गरि पूर्वी क्षेत्रमा आइतबार दिउँसो बदली तथा वर्षाको सम्भावना बढि रहेको मौसमविद श्रेष्ठले बताए ।

अहिले देशभर प्रि मनसुनी मौसमी गतिविधि सक्रिय रहेको छ । स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको हो ।

अहिले देशभरका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षा पनि भएको छ ।

आइतबार दिउँसो देशभरका पहाडी भू–भागहरुमा सामान्य बदली र अन्य क्षेत्रमा आंशिक बदली रहने मौसमविदले बताएका छन् ।

बागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना छ ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रतिकृया दिनुहोस्