RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/२० गते
४६१ पटक

काठमाडौं, कोभिड–१९ अर्थात् कोरोनाभाइरस सङ्क्रमित बिरामीको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’को सात हजार डोज आज काठमाडौ आइपुगने भएको छ ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार ‘आजै बेलुका करिब सात हजार मात्रा रेम्डेसिभिर औषधि आउँदै छ । मङ्गलबारबाट केही सहज हुन्छ,’ उहाँले भन्नुभयो, ‘बङ्गलादेशबाट आज साँझ ७सातहजार औषधि आउँछ । त्यसपछि क्रमशः अर्को हप्तादेखि केहि परिणाम आउँछ । करिब एक महिनाभित्र ८५ हजार आइपुग्छ ।’

सङ्क्रमित बिरामीको अवस्था हेरेर फरक–फरक डोजमा रेम्डेसिभिर औषधिको प्रयोग गरिँदै आएको छ । तर, पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बढ्दै गएका कारण बजारमा औषधिको अभाव देखिन थालेको थियो ‘केहि अस्पतालहरुमा औषधि स्टकमा राािखएको छ । तर, कोभिड बिरामीको उपचार हुने अस्पतालमा भने औषधिको अभाव देखिएको र चाहे अनुसार पाउन सकेको छैन,’ सूचना अधिकारी केसीले भन्नुभयो । साथै उहाँले भोलिबाट औषधि सहज रुपमा पाउने बताउनुभयो ।

उहाँले भारतमा पछिल्लो समय प्रतिबन्ध लगाएको कारण त्यहाँबाट औषधि आउन नसकेको बताउनुभयो । गत वर्ष भारतबाट ल्याएको औषधि अहिले सकिएको अवस्था हो त ? भनेर गोरखापत्र अनलाइनले सोधेको प्रश्नमा केसीले गतवर्ष भारतबाट ल्याइएको औषधिमध्ये केही परिमाण स्टक रहेको बताउनुभयो ।

‘आयातकर्ताहरुसँग औषधि शून्य स्तरमै छ । तर, कोभिड अस्पतालहरुमा सानो परिमाणमा औषधि स्टक छ । त्यो औषधि कोभिडका गम्भीर अवस्थाका बिरामीहरुको लागि प्रयोग गर्ने भनेर छुट्याइएको छ,’ उहाँले भन्नुभयो । औषधि विभागमा पनि स्टक छ त ? भन्ने जिज्ञासमा उहाँले हामीले औषधि स्टक राख्न मिल्दैन । यो आयातकर्ताहरुले नै स्टक राख्नुहुन्छ ।

यो औषधि बिरामीको अवस्था हेरेर सात डोजको र ११ डोजको रेम्डेसिभिर प्रदान गरिने समेत उहाँले बताउनुभयो । कोरोना सङ्क्रमित सबै बिरामीलाई यो औषधि दिइँदैन र यसले कोरोनालाई निको नै पार्ने भनेर प्रमाणित भइनसकेकाले क्रिटिकल अवस्थामा मात्रै यो औषधि प्रयोग गर्ने गरिएको उहाँको भनाइ छ ।

यो औषधि शुरुमा दुई जोड दिइन्छ त्यसपछि छ दिनसम्म एक–एक डोज दिएर सात डोज र अर्को भनेको शुरुमा दुई डोज दिएर नौ दिनसम्म एक–एक डोज लिएर ११ डोज पूरा गरी उपचार हुने गरेको उहाँले बताउनुभयो ।

गोरखापत्र दैनिकबाट…………..

प्रतिकृया दिनुहोस्