RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/२५ गते
४४४ पटक

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव नल्याउने बताएको छ। शनिबार नयाँ बानेश्वरस्थित संसदको ल्होत्से हलमा बसेको ससदीय दलको बैठकले अहिले प्रधानमन्त्री ओलिविरूद्ध अविश्वास प्रस्ताव ल्याइरहनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो।

ओली स्वयंलेनै विश्वासको मत लिन खोजिरहेको र उनलाई विश्वासको मत नपुग्ने देखिएपछि कांग्रेसले तत्काल अविश्वास प्रस्ताव ल्याउनु आवश्यक नभएको भन्दै पार्टीले गृहकार्य नगरेको प्रस्टाएको छ।

साथै कांग्रेले प्रधानमन्त्री ओलिविरूद्ध वैशाख २७ मा मतदान गर्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय पनि गरेको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सेतोपाटीलाई बताए।

उनले ओली बहिर्गमनपछि आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्नेगरि निर्णय भएको जानकारी दिए। यस्तै बैठकले चैत २१ गते बसेको पार्टी केन्द्रीय कार्यसमितिको निर्णय अनुमोदनसमेत गरेको छ।

प्रतिकृया दिनुहोस्