
काठमाडौँ, आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ्गसहित वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चचिमका भू९भागका थेरै स्थानमा मेघगर्जनसहित वर्षा भई रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
पश्चिमी न्यून चापीय प्रणाली, पूर्व–पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्पयुक्त हावाको प्रभाव कायमै रहकाले दिउँसो पनि केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।यस्तो छ आगामी तीन दिनको पूर्वानुमान
वैशाख २७ गते
दिउँसो : देशको पहाडि भू-भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू(भागहरुमा सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति : प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आँशिक बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थेरै स्थानहरुमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
वैशाख २८ गते
दिउँसो : देशको पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति : देशका अधिकांश भू(भागमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
वैशाख २९ गते
दिउँसो : देशको पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति : देशका अधिकांश भू-भागमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जनरचट्याङ्गरहावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं ५ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।