RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/२७ गते
५०० पटक

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले संक्रमित सांसदलाई पनि मतदानमा सहभागी गराउने निर्णय गरेको छ ।

सोमबार बस्न लागेको प्रतिनिधिसभा विशेष बैठकको तयारीमाथि छलफल गर्न आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद् भवनमा नै संक्रमित सांसदहरुलाई विशेष कोठाको व्यवस्था गरेको हो । बानेश्वरस्थित संघीय संसद भवनमा बसेको परामर्श समितिको बैठकले उक्त निर्णय गरेको हो ।

संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेका अनुसार बैठकले संक्रमित सांसदहरुलाई विशेष कोठाको व्यवस्था गरी मतदानमा सहभागी गराइने निर्णय गरेको छ ।

त्यस्तै विश्वासको मतको प्रक्रिया पनि सोमबार नै सक्ने गरी सहमति भएको डा.पाण्डेले जानकारी गराए । २६ सांसद कोरोना संक्रमित छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते सोमबार प्रतिनिधि सभाको विशेष अधिवेशनको बैठक बस्दैछ।

प्रतिकृया दिनुहोस्