RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/२८ गते
८६७ पटक

कोरोना महामारी नियन्त्रणका दागि सरकारले जारी गरेको लकडाउनका कारण किसानले उत्पादन गरेका गोलभेडा बिक्री नहुँदा बारीमै कुहिन थालेको छ । बाँकेमा निषेधाज्ञा जारी भएपछि किसानले लगाएको गोलभेडा खेतमै कुहिएको हो । सवारीसाधन सञ्चालन नभएपछि बारीमा गोलभेडा लिन पुग्ने व्यवसायी र खुद्रा ग्राहक पनि नआउँदा किसान मर्कामा परेका छन् ।

सरकारले कृषिजन्य उत्पादन ढुवानीका सवारीसाधनलाई निर्वाध चल्न दिने बताएपनि व्यवहारमा त्यसो हुन नसेपछि किसानले लगाएको तरकारी बारीमै कुहिन थालेको हो । उत्पादित तरकारी बजारसम्म लैजान नसक्दा किसानहरु दोहोरो मारमा परेका छन् ।

दैनिक गुजाराका लागि हुने आम्दानी पनि रोकिएको छ भने बैंकबाट लिएको ऋणको व्याज पनि तिर्न नसक्ने अवस्था श्रृजना भएको छ । बैजानाथ गाँउपालिका फत्तेपुरका किसान बिनोद भुषालले उत्पादन गरेको गोलभेडा बिक्री नहुँदा ११ लाख रुपैयाँ बराबरको घाटा लागेको बताए ।

गोलभेडा बिक्री गर्ने समयमा जिल्लामा निषेधाज्ञा जारी भएपछि लगानी डुबेको उनले बताए । भुषालले कृषि विकास बैंकबाट ५ लाख रुपैयाँ ऋण लिएर १० कट्ठा जमिनमा तरकारी खेती गर्दै आएका थिए ।

भुषालको तरकारी खेतीसँग्ै चन्द्रा चौधरीले खेती गरेका छन् । चौधरी आफै पनि गाउँको अगुवा किसान हुन् । चौधरीले माछा, बंगुर र तरकारी खेती समेत गर्दै आएका छन् । उनी घर घरका मानिसहरु व्यावसायिक तरकारी खेतीमा लागेको भएपनि बजार व्यवस्थापन हुन नसक्दा समस्या भएको बताउँछन् ।

व्यावसायिक तरकारी खेतीका लागि विधिवत फर्म दर्ता गराएका अधिकांश किसानले सरकारबाट सहयोग नपाएको गुनासो गर्ने गरेका छन् । बल्लतल्ल ऋण गरेर लगानी गरेर उत्पादन भएको तरकारीको सरकारले बजार प्रबन्ध गरिदिनुपर्ने माग उनीहरुले गरेका छन् ।

कारोबार दैनिकबाट………….

प्रतिकृया दिनुहोस्