RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/३० गते
५३२ पटक

काठमाडौँ — कोरोना संक्रमण फैलिने क्रम नरोकिएपछि उपत्यकामा निषेधाज्ञा दुई साता बढाइएको छ । निषेधाज्ञाका प्रावधानमा पनि थप कडाइ गरिएको छ ।

निषेधाज्ञा लागू भएको पहिलो दिन वैशाख १६ गते देखिएको ललितपुरको एकान्तकुना क्षेत्रको दृश्य तस्बिर :  प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरको मंगलबार भएको संयुक्त बैठकले वैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञा जेठ १३ गतेसम्म लम्ब्याएको हो । यसअघि एक साता थपिएको निषेधाज्ञा बुधबार सकिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराई र ललितपुरका निमित्त प्रजिअ ललितकुमार बस्नेत तथा तीनवटै जिल्लाका सुरक्षा प्रमुखसहितको मंगलबारै भएको बैठकले कोरोना महामारीविरुद्ध थप प्रतिकार्य योजना तय गर्ने सम्बन्धमा समीक्षा पनि गरेको थियो ।

बैठकमा सहभागी अधिकांशले निषेधाज्ञाका प्रावधानलाई थप कडा पार्न सुझाव दिएका थिए । त्यसपछि प्रजिअहरूको बैठकले केही कडा प्रावधान समेटेर निषेधाज्ञा दुई साता लम्ब्याएका हुन् ।

काठमाडौंका प्रजिअ पराजुलीअनुसार राष्ट्रिय आयोजना र अत्यावश्यक सार्वजनिक विकास निर्माणबाहेकलाई अर्को आदेश नभएसम्म सञ्चालन गर्न दिइने छैन । दैनिक उपभोग्य वस्तु किनमेल गर्न किराना पसल तथा डिपार्टमेन्ट स्टोर १० बजेसम्म खोल्न दिइनेछ । विवाह/व्रतबन्ध, भोजभतेरलगायत प्रयोजनका लागि होटल/रेस्टुराँ/पार्टी प्यालेस सञ्चालन गर्न पाइने छैन ।

कान्तिपुर दैनिकबाट………….

प्रतिकृया दिनुहोस्