RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१/३१ गते
६६२ पटक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा तीन दलका शीर्ष नेताबीच छलफल भएको छ।सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच शुक्रबार छलफल भएको हो।

जसपाका एक नेताले सेतोपाटीलाई दिएको जानकारीअनुसार करिब एक घण्टादेखि नेताहरूबीच छलफल जारी छ।‘तत्काल केपी शर्मा ओलीलाई प्रधानमन्त्री हटाउन नसके पनि सहकार्यलाई जारी राख्नेबारे छलफल भएको हो,’ ती नेताले भने।

विपक्षी दलहरूले वैकल्पिक सरकार बनाउने तयारी गरे पनि बिहीबार असफल भएका थिए।ओली बिहीबार बेलुकी पुन: प्रधानमन्त्री नियुक्त भएका थिए। संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री भएका ओलीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्छ।

 

प्रतिकृया दिनुहोस्