भूमि, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशले सञ्चालन गरेको ‘स्मार्ट कृषिगाउँ’ कार्यक्रम आम्दानीको बलियो स्रोत बनेको छ । अर्घाखाँची जिल्लामा प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर क र ख मा आर्थिक वर्ष २०७५÷०७६ बाट सञ्चालनमाआएको स्मार्ट कृषि कार्यक्रम जिल्लाका ६ वटै स्थानीय तहमा सञ्चालनमा आएको छ ।
पाणिनी गाउँपालिकाको धातिवाङ्ग, मालारानी गाउँपालिकाको बामरुक, शीतगंगा नगरपालिकाको सिमलपानी पावरा, भूमिकास्थान नगरपालिकाको राई खन्ने, सन्धिखर्क नगरपालिकाको कुँडुले, बिर्ति र सुक्मी फाँटर छत्रदेव गाउँपालिकाको भगवतीमा कार्यक्रम सञ्चालन भएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका कृषि प्रसार अधिकृत विवेक पन्तले बताए । स्मार्ट कृषि कार्यक्रम सञ्चालन हुनुपूर्व परम्परागत खेतीमा आबद्ध रहेका अर्घाखाँचीका कृषकहरू व्यवसायीक खेतीतर्फ आकर्षित भएका छन् ।
व्यवसायीक रूपमा खेती गर्ने कृषकहरूको जीवनस्तर उकास्नका लागि स्मार्ट कृषि कार्यक्रम सञ्चालन भएको हो, ‘प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले भने ।’ अर्घाखाँचीमा सञ्चालन भएको स्मार्ट कृषि कार्यक्रम प्रभावकारी देखिएको छ । स्मार्ट कृषि कार्यक्रम सञ्चालन भएका ठाउँमा सहकारी गठन गरी ४ वर्षसम्म प्रदेश सरकारले गरेको लगानी सहकारीको जिम्मेवारीमा रहनेगरी स्मार्ट कृषि कार्यक्रमलाई निरन्तरता दिन्छौँ ।’
घरमा टनेल नभएकाहरूका घरमा एक घर कम्तीमा १ देखि बढीमा ८ वटासम्म टनेल निमार्ण भई व्यावसायिक खेतीमा कृषकहरू लागेका छन्, सिद्धेश्वर स्मार्ट कृषि कार्यक्रम धातिवाङ्गका अध्यक्ष पुष्कर पौडेलले बताए ।
परम्परागत खेतीलाई अन्त्य गरी आधुनिक कृषि प्रणालीमा लागेका छौँ, यस आर्थिक वर्षमा कार्यालय सञ्चालनका लागि र तरकारी, दूध संकलनका लागि भवन निर्माणको काम अन्तिम चरणमा पु¥याएका छौँ । सिँचाइका लागि कुलो निमार्ण, अस्थायी टनेल निर्माण, स्थायी टनेल निमार्ण, कृषकहरूका लागि तालिम, उत्कृष्ट कृषक सम्मान गर्नेलगायतका कार्यक्रमहरू छन् ।
चालू आर्थिक वर्षमा सञ्चालनमा आएको सन्धिखर्क स्मार्ट कृषि कार्यक्रम पनि प्रभावकारी देखिएको छ । यहाँ मल्चिङ्ग प्लास्टिकको प्रयोग, थोपासिँचाइ, तरकारी बीउपल वितरण, २१५ वटा अस्थायी टनेल निमार्ण भएका छन् ।
उत्पादनमा वृद्धि भएको छ, यहाँका कृषकहरू खुसी छन, स्मार्ट कृषिका अध्यक्ष प्रेमनारायण भुसालले भने, ‘बेमौसमी रूपमा तरकारी उत्पादन भएको छ । यहाँ टमाटर, काक्रो, लौका, बन्दा, काउली, सिमीलगाएतका तरकारी उत्पादन भएको छ । बिक्रीका लागि नजिकै रहेको सदरमुकाम सन्धिखर्कमा बिक्री गरेका छौँ, कोरोनाका कारण बिक्रीमा अब समस्या आउँला जस्तो देखिएको छ, भुसालले भने ।
कृषि ज्ञान केन्द्र अर्घाखाँची र स्मार्ट कृषिकार्यक्रम सञ्चालन भएका ६ वटा कार्यान्वयन समितीकाबीच सम्झौता भई समितिले कार्य गरेका छन, कृषि ज्ञान केन्द्र अर्घाखाँचीकाप्रमुख राममिलनप्रसादविश्वकर्माले भने । अहिलेसम्म सन्धिखर्क स्मार्ट र पावरा स्मार्टको काम लगभग सम्पन्न भइसकेको छ, अन्य ठाउँमा पनि काम सञ्चालन भएको छ । कार्यक्रम सञ्चालन भएका ठाउँमा सिँचाइका लागि कुलो निर्माणपश्चात् उत्पादनमा वृद्धि भएको पाइन्छ, प्रमुख विश्वकर्माले भने ।
परम्परागत रुपमा खेती गर्दै आएका अर्घाखाँचीका कृषकहरू व्यावसायिक खेतीतर्फ उन्मुख भएका छन् । स्मार्ट कृषि कार्यक्रम सञ्चालन भएका ठाउँमा मात्रै होइन जिल्लाभर हजारौं संख्यामा व्यावसायिक रूपमा कृषि क्षेत्रमा आवद्ध कृषकहरू छन् । जिल्लामा रहेका ६ वटा स्थानिय सरकारले पनि कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन् ।
कारोबार दैनिकबाट…………………