रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२ गते
१०२६ पटक

कालिकोट जिल्ला तिलागुफा नगरपालिका वडा नम्वर ११ मा ढिम्नेको जंगलमा निगाला काट्ने बेलामा भिरबाट लडेका घाईते भएका प्रेमबहादुर शाहिको नगरपालिकाले हेलिकप्टर मार्फत उद्वार गरिएको नगरपालीकाले जनाएको छ ।
भिरबाट लडेर घाईते भएको भन्ने खवर पाएपछि नगर प्रमुख रतनबहादुर शाही , प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणप्रसाद चौलगाँईसहितको टोलि त्यस क्षेत्रमा पुगेर घाईतेको अवस्था वुझेर तत्काल हेलिकप्टरको माग गरेर घाईते उद्वार गरि सुर्खेत अस्पतालमा उपचार भईरहेको छ ।
त्यस्तै तिलागुफा नगरपालिकाले कोभिड अस्पताल मान्मलाई पाँच अक्सिजन सिलिन्डर पनि सहयोग गरेको छ ।अक्सिजन अभावले बिरामी अन्य जिल्ला रेफर गर्नु पर्ने अवस्था आएकाले तत्कालका लागि सहयोग गरिको प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण चौलागाईले जानकारी दिए ।