RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२ गते
५४० पटक

अघिल्लो आवमा कर्णाली र सुदूरपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धि ऋणात्मक

चालू आर्थिक वर्ष (आव) ०७७/७८ मा राष्ट्रिय अर्थतन्त्र (वार्षिक कुल गार्हस्थ्य उत्पादन) को सबैभन्दा ठूलो हिस्सा बागमती प्रदेशले ओगट्ने केन्द्रीय तथ्यांक विभागले अनुमान गरेको छ ।

शुक्रबार सार्वजनिक गरेको प्रादेशिक अर्थतन्त्रबारे सार्वजनिक गरिएको अनुमानअनुसार बागमती प्रदेशको हिस्सा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनको ३७.७ प्रतिशत अर्थात् १६ खर्ब ७ अर्ब रुपैयाँ रहनेछ । विभागले नै १७ वैशाखमा गरेको प्रक्षेपणअनुसार राष्ट्रिय अर्थतन्त्र (उपभोक्ताको मूल्यमा) ४२ खर्ब ६६ खर्ब रुपैयाँ छ ।

त्यस्तै, राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको हिस्सा १ खर्ब ७२ अर्ब रहने विभागको अनुमान छ । यो राष्ट्रिय अर्थतन्त्रको ४ प्रतिशत हाराहारी हो । अघिल्लो आव ०७६/७७ को जस्तै चालू आव ०७७/७८ मा पनि बागमती प्रदेशपछि कुल गार्हस्थ्य उत्पादनमा बढी हिस्सा रहनेमा क्रमशः प्रदेश १, लुम्बिनी प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

कर्णाली प्रदेशको अर्थतन्त्र
– चालू आवमा आर्थिक वृद्धिदर (अनुमानित) : ३ दशमलव ६ प्रतिशत
– गत आवमा आर्थिक वृद्धिदर संशोधित : शून्य दशमलव ७ प्रतिशत
– चालू आवको कुल गार्हस्थ्य उत्पादन अनुमानित : १ खर्ब ७२ अर्ब (उपभोक्ता मूल्यमा)
– गत आवको कुल गार्हस्थ्य उत्पादन संशोधित : १ खर्ब ६१ अर्ब
– चालू आवमा राष्ट्रिय अर्थतन्त्रमा योगदान अनुमानित : ४ प्रतिशत
– गत आवमा राष्ट्रिय अर्थतन्त्रमा योगदान (संशोधित) : ४ दशमलव १ प्रतिशत
– अर्थतन्त्रमा सबैभन्दा बढी योगदान कृषि क्षेत्र : ३३ प्रतिशत

प्रतिकृया दिनुहोस्