RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२ गते
६३२ पटक

सिंहदरबारमा एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच ‘वान टु वान’ वार्ता सुरु भएको छ । दुई नेताबीचको वार्ताबाट विवाद समाधान गर्न गठन गरिने भनिएको कार्यदलका सदस्यहरुको टुंगो लगाइने बताइएको छ ।

गत शुक्रबार सिंहदरबारमा भएको छलफलले जेठ २ लाई आधार बनाएर पार्टीभित्रका समस्या समाधान गर्ने र त्यसका लागि दुई नेतालाई कार्यदलमा रहने सदस्यहरुको टुंगो लगाउने जिम्मा दिएको थियो ।

माधव नेपाल समूहबाट कार्यदलमा रहने व्यक्ति लगभग टुंगो लागेपनि ओलीका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोख्रेलबाहेक अन्यको टुंगो लागेको छैन ।

नेपाल पक्षबाट भने कार्यदलमा भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहने यसअघि नै टुंगो लागेको थियो । ओली आफ्नो तर्फबाट कार्यदलमा रामबहादुर थापालाई समेत राख्ने तयारीमा छन् ।

प्रतिकृया दिनुहोस्