RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/४ गते
१४८५ पटक

काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई मत दिन ह्वीप जारी गरेको छ।

महासचिव ईश्वर पोखरेलले प्रदेशसभा सदस्य र बागमती प्रदेश अन्तर्गतका स्थानीय तहका प्रमुख र उपप्रमुखलाई पत्र पठाएका हुन् ।‘बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार क रामबहादुर थापामगर भएको जानकारी गराइन्छ,’

पत्रमा भनिएको छ, ‘ पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रम अन्तर्गत मिति २०७८ ज्येष्ठ ६ गते ०९।०० बजे देखि १५ः०० बजेसम्म हेटौँडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिन्ह सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयअनुसार निर्देशन गर्दछु।’बागमती प्रदेशका लागि राष्ट्रियसभाको उपनिर्वाचन ६ जेठमा हुँदै छ।

 

प्रतिकृया दिनुहोस्