RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/७ गते
११४२ पटक

नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपाल बुढानिलकण्ठ पुगेका छन्। प्रचण्डसँग नेता नारायणकाजी श्रेष्ठ पनि छन्।

‘उहाँहरू केहीबेर अगाडि आइपुग्नु भएको हो। अब सर्वदलीय बैठक सुरू हुन्छ,’ कांग्रेसका एक पदाधिकारीले सेतोपाटीसँग भने, ‘जसपाका नेताहरू आउँदै हुनुहुन्छ।’

संविधानको धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिई/राजीनामा नदिई नयाँ उपधाराअनुसार राष्ट्रपतिले सरकार बनाउन दलहरूलाई आह्वान गरेपछि संविधानको मर्म र भावनाविपरीत राष्ट्रपतिले कदम चालेको आरोप कांग्रेसको छ।

आज देउवा निवासमा बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्रीलाई हटाउनुपर्ने र त्यसका लागि सबै विकल्प खुला राखेर अरू दलसँग छलफल गर्ने निर्णय भएको थियो भने राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउनेबारे छलफल भएको थियो।

 

प्रतिकृया दिनुहोस्