RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/८ गते
१२० पटक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९७० बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा शनिबार बिहान राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्नुभएको छ ।

यसअघि, प्रधानमन्त्री ओलीले ५ पुस २०७७ मा पहिलो पटक प्रतिनिधिसभा विघटन गर्दै १७ र २७ वैशाखका लागि निर्वाचन मिति घोषणाको राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । मन्त्रिपरिषद्को निर्णयलाई राष्ट्रपति भण्डारीले स्वीकृत गरेकी थिइन् । तर, सर्वोच्च अदालतले सरकारको कदम असंवैधानिक ठहर गर्दै संसद् ब्युँत्याइदिएको थियो ।

प्रतिकृया दिनुहोस्