RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/१२ गते
१५५१ पटक

काठमाडौं :  उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले थप कडाईका साथ निषेधाज्ञा एक सातालाई थप गर्ने निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालिप्रसाद पराजुलीका अनुसार उपत्यकामा निषेधाज्ञा एक साता थप गर्ने निर्णय भएको हो। एक साता थप गरिएको निषेधाज्ञामा थप कडाई हुने पराजुलीको भनाइ छ।

त्यसैगरी खाद्य पसल र डिपार्टमेन्ट स्टोरसमेत बन्द गर्ने निर्णय गरेको छ। यसअघि उपत्यकाभित्र जेठ १३ गतेसम्मका लागि निषेधाज्ञा जारी भएको थियो।

अब विवाहमा सातजना मात्र सहभागी हुन पाइने छ। यसअघि १० जना सहभागी हुने पाइने निर्देशन जारी भएको थियो। कोरोनाको दोस्रो लहर सुरु भएपछि उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको हो।

प्रतिकृया दिनुहोस्