RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/१६ गते
१०८९ पटक

पछिल्लो २४ घण्टामा थप ४३६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।  यही अवधिमा ६२०५ जना निको भएका छन् । कोभिड–१९ बाट थप १०९ जनाले ज्यान गुमाएका छन् ।

आज पनि परीक्षण गरेकोमा संक्रमणको दर ३४ प्रतिशतभन्दा माथि देखिएको छ । यसअघि दैनिक २० हजारमाथि परीक्षण हुँदै आएकोमा आइतबार यो संख्या १२ हजार ७७० मात्र रहेको छ ।

शनिबार पनि १४ हजार ७५२ जनामा कोरोना परीक्षण भएको थियो जसमा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस्