RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२१ गते
११८० पटक

काठमाडौं । एमाले केन्द्रीय सदस्यहरु प्रकाश ज्वाला,जगन्नाथ खतिवडा,विजय पौडेल र राजेन्द्रकुमार राईले झलनाथ खनाल र माधव नेपाललाई लिखित सुझाव दिदै आजको पहिलो शर्त केपी ओली सरकारको वहिर्गमन र राजनीतिक दलहरुको सहयकार्य नै रहेको प्रष्ट पारेका छन् ।

चार नेताले कार्यदलको नाममा भएका वार्ता र छलफलहरु अपारदर्शी र माधव नेपाल समूहमै फुट ल्याउने षडयन्त्र भन्दै यस्ता वार्ताका नअल्मलिन समेत सुझाव दिएका छन् ।

उनीहरुले पेश गरेको ९ बुँदे लिखित सुझावमा भनिएको छ- रातारात कुनै नाटकीय सम्झौता गरेर सर्वोच्च अदालतबाट मुद्दा फिर्ता लिन लाउने अभिप्रायले पटक पटक मध्यरातसम्म पनि वार्ताको चाप बढाइएको भन्ने पनि सहज अनुमानकै विषय हो ।

उनीहरुले यदि एमाले मिले पनि आगामी दिनमा हुने सबै तहको निर्वाचनमा टिकट वितरणको प्रक्रिया नै धेरै पक्षपातपूर्ण,विभेदकारी,पुर्वाग्रही र अन्तरघातमय हुने भन्दै केपी ओलीको आँखामा कम्फरटेबल हुने पात्र मात्र रोजाइमा पर्ने बताएका छन् ।

 

प्रतिकृया दिनुहोस्