RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/२२ गते
८५३ पटक

काठमाडाैँ । परराष्ट्र मन्त्रीबाट बाहिरिएपछि प्रदीप ज्ञवालीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले करिब सवा तीन वर्ष मन्त्री पदबाट बाहिरिँदा आफ्नो खातामा ७ लाख ४१ हजार ७७५ रुपैयाँ ६० पैसा बचत रहेको जानकारी दिएका हुन् ।

ज्ञवालीले साढे ३ वर्ष मन्त्री हुँदाको अवधिमा आफूले विदेश भ्रमण वापदको लेबी ३ लाख १४ हजार ९३० बुझेको बताएका छन् । यस्तै पारिश्रमिक वापदको लेभी ६ लाख २० हजार बुझेको पनि जानकारी दिए ।

उनले आफ्नो पारिश्रमिकको करकट्टी बापत ३ लाख ७२ हजार ४९१ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको उल्लेख गरे । अहिले आफ्नो खातामा ७ लाख ४१ हजार ७७५ रुपैयाँ ६० पैसा बचत रहेको ज्ञवालीले जानकारी दिए ।

मैले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) आजै मन्त्रालयलाई फिर्ता गरेको छु’, उनले भनेका छन्, ‘पुल्चोकस्थित सरकारी निवास शनिबार बिहान छाड्ने जानकारी गराउन चाहन्छु ।’

आफूलाई परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति उनले आभार व्यक्त गरे । ‘करिब सवा तीन वर्ष परराष्ट्र मन्त्रीका रुपमा कार्यरत रहेर बिदा भएको छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यस्तो गरिमापूर्ण जिम्मेवारी सम्हाल्ने अवसर दिनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्दछु ।’

प्रतिकृया दिनुहोस्